निजि विद्यालयहरुले बिना धितो ऋण पाउने

निजि विद्यालयहरुले बिना धितो ऋण पाउने

कपन अनलाइन

काठमाडौं ,असोज १०।

बिना धितो ऋण उपलव्ध गराउन नेसनल प्याव्सन र मेगा बैंक विच सम्झौता भएको छ। कोरोना प्रकोपका कारण सम्पूर्ण विद्यालयहरु बन्द रहेको अवस्थामा आर्थिक कठिनाइ भोगिरहेका विद्यालयहरुल्लाई बिना धितो प्रचलित ब्याजदरमा ऋण उपलव्ध गराउन मेगा बैंक तयार भएको हो।

नेसनल प्याव्सनका केन्द्रिय कोषाध्यक्ष प्रताप बहादुर थापाले जारी गरेको प्रेस बिज्ञप्तिमा सो कार्यको लागि सहजीकरण गर्ने काठमाडौं जिल्ला समितिलाई धन्यवाद दिदै जिल्लाका विद्यालय संचालकहरुले यो सम्झौता बाट लाभ लिन सकिने उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।