गोकर्णेश्वर नगरपालिकाको तालिममा सहभागी हुन निबेदन पेश गर्ने बारे सुचना

कपन अनलाइन

काठमाडौँ, असोज १० । गोकर्णेश्वर नगरपालिकाले तालिममा सहभागी हुन निबेदन पेश गर्ने बारे सर्वाजनिक सुचना जारी गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारि गरेको उक्त सुचनामा शैक्षिक स्रोत तथा विकास केन्द्र नेपाल कुपन्डोल काठमाडौंको मिति २०७७ असोज ८ गतको पत्र अनुसार युनेस्को काठमाडौंको आर्थिक सहयोग एबम उक्त केन्द्र र एफ स्किल प्रा. लि को संयोजनमा गोकर्णेश्वर नगरपालिकाका बैदेक्षिक रोजगार बाट स्वदेश फर्किएका तथा स्थानीय तहमा रोजगार नभएका युवाहरुलाई रोजगारको लागि निम्न विषयमा तोकिएको संख्याका सहयोगी हुने गरि तीन महिने  तालिम संचालन गरिने भएको हुँदा  गोकर्णेश्वर नगरपालिकाका वडामा बसोबास गर्ने बैदेशिक रोजगारबाट स्वदेश फर्किएका तथा स्थानीय तहमा रोजगार नभएका इच्छुक युवाहरु बाट सो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैदेशिक रोजगारसंग सम्बन्धित कागजात र वडा कार्यलयको सिफारिस सहित निवेदन पेश गर्न लगाई म्याद समाप्त भएको भोलिपल्ट उक्त सक्कल कागजात सहितको फायल नगरपालिका पेश गोकर्णेश्वर नगरपालिकामा पठाउन अनुरोध  गरिएको उल्लेख गरिएको छ ।

 तालिम                            सहभागी संख्या

मोबाइल रिपेयरिंङ   :              १६

फर्निचर                   :                १६

तपाइँको प्रतिक्रिया ।