कोरोना पराजित गरेर चाडै जनताको सेवामा फर्कनेछु: वडा अध्यक्ष दिपेन्द्र लामा
कपन अनलाइन
काठमाडौँ, असोज १० । काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामालाइ कोरोना संक्रमण पुष्टि भएको छ ।अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहदै वडा कार्यलय बाट सेवा प्रदान गर्दै आएका वडा अध्यक्ष लामामा कोरोना संक्रमण देखिए संगै अहिले उनि होम आइसोलेसनमा बसेका छन ।अलिकति खोकी बाहेक अन्य कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै लामाले कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन ।
कपन अनलाइन संग कुरा गर्दै उनले आइतबार स्वव संकलन पश्चात मंगलबार कोरोना पुष्टि भएको उनले बताए कोरोना पुष्टि भए संगै वडा सदस्य जयराम पुडासैनीलाइ कार्यवाहक वडा अध्यक्ष दिएर अहिले होम आइसोलेसन बसेको बताए ।उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चाडै कोरोना जितेर काममा सक्रिय हुने बताउदै निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन, उनले भने।यो संक्रमण हेलचेग्राइ गर्ने बिषय होइन रहेछ भन्दै उनले सबैलाइ अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन । कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै वडा अध्यक्ष .लामाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैलाई अनुरोध गरेका छन।