टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिसस काठमाडौं संग सम्झौता

टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिसस काठमाडौं संग सम्झौता

कपन अनलाइन

काठमाडौं ,असोज ९।

टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौं संग सम्झौता भएको छ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौ बिच  असोज ९ गते ९ गते ६०/४० अवधारणा अनुसार सम्झौता भएको हो।

सो भवन निर्माणका लागि जिसस काठमाडौंले ७ करोड ५९ लाख १९ हजार ३३७ रुपैया सहयोग गर्नेछ भने टोखा नगरपालिकाले ५ करोड ६ लाख १२ हजार ८ सय ९१ रुपैया बजेट व्यवस्था गर्नेछ ।  टोखा नगरपालिकाको प्रशासनिक भवनको कुल लागत १२ करोड ६५ लाख ३२ हजार २२९ रुपैया रहेको छ।

जिसस काठमाडौंका प्रमुख शिव सुन्दर राज बैध र टोखा नगरपालिका प्रमुख प्रकास अधिकारीले एक अर्कामा हस्तान्तरण गरेको सो भवन निर्माण सम्झौतामा जिसस काठमाडौंका तर्फ बाट जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले हस्ताक्षर गरेका छन।

सम्झौता पत्र आदानप्रदानको अवसरमा जिसस काठमाडौंका उपप्रमुख सरिता दाहाल र  टोखा नगरपालिका की उपप्रमुख ज्ञानमाया डंगोलको पनि उपस्थिति रहेको थियो।

सम्झौता पत्र ;

तपाइँको प्रतिक्रिया ।