टोखा नगरपालिका वडा नं ५ ले इ- बिजनेश तालिम संचालन गर्ने

टोखा नगरपालिका वडा नं ५ ले  इ- बिजनेश तालिम संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ, असोज ६।  टोखा नगरपालिका वडा नं ५ ले इ- बिजनेश तालिम संचालन गर्ने भएको छ। सो समबन्धि आज  वडा अध्यक्ष जगन्नाथ ढकालले सार्वजनिक सुचना समेत जारी गरेका छन।

उक्त सुचनामा टोखा नगरपालिका वडा नं ५ले आर्थिक वर्ष २०७७/७८  को आर्थिक विकास अन्तर्गत घरमै बसी स्वरोजगार बन्न सकिने उदेश्यलाई मध्यनजर गर्दै इ- बिजेनेश  तालिम कार्यक्रम संचालन गर्न लागेको हुँदा आधारभूत कम्प्युटर सम्बन्धि ज्ञान भएका वडाबासीहरुलाई सहभागिताको लागि निम्न कागजात सहित वडा कार्यालयमा आवेदन दिन समेत अनुरोध गरिएको उल्लेख गरिएको छ ।

आवश्यक कागजातहरु :

क) नागरिकता प्रमाण पत्रको प्रतिलिपि :१।

ख) पासपोर्ट साइजको फोटो :२ प्रति ।

ग) घरमा कम्प्युटर/ ल्यापटप भएको हुनुपर्ने ।

(संगै ल्यापटप लिएर तालिममा सहभागी हुनेलाई बिशेष प्राथमिकता दिईने उल्लेख गरीएको छ ।)

तपाइँको प्रतिक्रिया ।