गोकर्ण महिला संजालको भेला तथा बहुउपयोगी गुर्जो वितरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असोज ३ । संबिधान दिवसको अवसर पारेर गोकर्ण महिला संजालको भेला तथा बहुउपयोगी गुर्जो वितरण कार्यक्रम सम्पन्न भएको छ। आज बिहान गोकर्णमा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख आतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल रहेकि थिइन भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत, आन्तरिक राजश्व कार्यालय (लहान) का प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले, अभियानकर्मी राम प्रसाद पन्थी, एन एल जी प्रमुख राजेश प्रधान लगायत महिला संजालका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता महिला संजालकि कार्यवाहक अध्यक्ष लक्ष्मी गिरिले गरेकी थिइन ।
पानस मा दिप प्रज्वलन सहित उद्घाटन गर्दै कार्यक्रमकि प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले भेलालाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि प्रयास जारी राख्दा राख्दै पनि संक्रमित फेला परेको हुँदा थप सचेत हुदै स्वाथ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित रहन अनुरोध गरेकी थिइन ।
उनले गुर्जो प्रदान गरेकोमा धन्यबाद दिदै गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउने हुँदा त्यो बहुउपयोगी भएको बताइन । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको रहेको पनि बताइन ।कार्यक्रम गुर्जोको बिरुवा वितरण गर्नु को साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी समेत वितरण गरिएको थियो ।
त्यस्तै कार्यक्रममा आन्तरिक राजश्व कार्यालय (लहान) का प्रमुख कर अधिकृत समेत रहेका कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण सुरु गरेको जानकारी गराउदै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको बताए ।रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवटले बताए ।
गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुने बताउदै डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिने बताए । कार्यक्रममा बोल्ने बक्ता हरुले बहुउपयोगी गुर्जो संरक्षण गरि उपयोग गर्न अनुरोध गरेका थिए ।
फोटो : सरोज बस्नेत