टोखामा २३ औं गणेशमान स्मृति दिवस मनाइयो
कपन अनलाइन
काठमाडौं ,असोज ३/ नविना श्रेष्ठ
टोखा नगरपालिकामा २०४६ शालको जन आन्दोलनका कमान्डर सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंह को आज २३ औं स्मृति दिवस मनाइएको छ
टोखा नगरपालिका वडा नं २ स्थित गणेशस्थान चोक गणेश पोखरीमा रहेको गणेशमान सिंहको शालिकमा फूलमाला लगाई २३ औं स्मृति दिवस मनाइएको थियो।
सो कार्यक्रमको सभापति काइला डंगोल र प्रमुख अतिथि बागमती प्रदेसका सदस्य भिमसेन खत्री रहेका थिए भने पूर्व गा. वि स का अध्यक्ष कसि नारायण श्रेष्ठ, क्षेत्री.न.५ का सभापति रमेश खड्का, क्षे. न ५ का प्रदेश सभापति दिपक केसी, महासमिति सदस्य प्रेम बहादुर खड्का, वडा नं २ का अध्यक्ष दिपक राज जोशी, वडा नं ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, वडा-२ का सदस्य हेराकाजी डंगोल, पञ्च कुमारी श्रेष्ठ, वडा-३ का सदस्य हरिमान श्रेष्ठ, क्षेत्रीय सचिव जनकराज श्रेष्ठ, नगर महासचिव रमेश नापित, साथै समुद्र खड्का अष्ट कुमार श्रेष्ठ, राजु भण्डारी लगायतको उपस्थिति रहेको थियो।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।