लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइद्वारा बिरुवा संरक्षण गर्न तारबार
कपन अनलाइन
काठमाडौं भाद्र २८। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइको बृहत सरसफाई तथा खुल्ला क्षेत्र संरक्षण गर्ने, वातावरण जोगाइ , हरित क्षेत्र बिस्तार गर्दै लायन्सको ब्राण्डिङ प्रवर्द्धन गर्ने उदेश्यले वागमति कोरिडोर वरपर साथै रोपिएका बिरुवा गोडमेल सहित तारबार गरेको छ।
शनिबार सर्भिस डे को अवसर पारेर सरसफाई गर्नुको साथै माकलवारी स्थित लायन्स यात्रु प्रतिक्षालाय वरपर रोपिएको ५० भन्दा बढी बोटबिरुवाहरुमा बिगत वर्षमा रोपिएका बिरुवाहरुलाई गोडमेल मलजल सहित तारजाली राखिएको लायन्स क्लव अफ काठमाडौं माकलबारि का प्रेसिडेन्ट लायन भिष्म रायमाझीले जानकारी गराए। माकलवारीमा यात्रु प्रतिक्षालाय वरपर रोपिएको ५० भन्दा बढी बोटबिरुवाहरुमा शनिबार तारबार गरिएको छ । उक्त कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदीले लायन्स उद्यान कार्यक्रमका लागि नगद रु. २५ हजार समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी , लायन्स क्लव अफ काठमाडौं माकलबारी का अध्यक्ष लायन भिष्म रायमाझी , प्रथम उपाध्यक्ष लायन रोशन श्रेष्ठ, सचिव लायन शर्मिला भट्ट , लायन्स क्लव अफ काठमाडौं थर्ड आई का सचिव पुर्ण दास श्रेष्ठ, कोषाध्यक्ष लायन शुभषचन्द्र विराजी, सदस्य लायन प्रकाश बस्नेत लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको जोन चियरपर्सन एबम लायन्स क्लब अफ काठमाडौं थर्ड आइका पेसिडेन्ट लायन राजेन्द्र कोइरालाले बताए ।
सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ काठमाडौं तथा थर्ड आइले प्रत्येक महिनाको अन्तिम शनिबार बागमती सरसफाई तथा बोटबिरुवा गोडमेल गर्ने योजना रहेको पनि उनले बताए । बिरुवा लगाउनु मात्र ठुलो कुरा नभई उचित रुपमा रेखदेख तथा संरक्षण गर्नु महत्वपुर्ण पाटो भएको हुँदा क्लबले त्यस्ता कार्यक्रमलाइ पनि निरन्तरता दिने बताए ।
सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण ,गोडमेल र सरसफाई गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने उनले बताए ।बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले बिरुवाको संरक्षण गर्न सो कार्यक्रम आयोजना गरेको उनले प्रष्ट पार्दै सो बिरुवा संरक्षणमा स्थानीयले सहयोग गर्ने पनि विश्वास ब्यक्त गरेका छन ।