गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौं ,भाद्र २७।
कहाँ देखि आएँ, तिम्रो शहरमा
म उसै हराएँ, तिम्रो शहरमा
रहेन मानवता, छ प्रेम कलुषित
चाहना जलाएँ, तिम्रो शहरमा
न भर भयो, न साथ कसैको
रित्तो हात उठाएँ, तिम्रो शहरमा
रम्न सकेन मन, खुसीले कतै
उदास गीत गाएँ, तिम्रो शहरमा
उजाड भएर म, फर्कें लीला
धेरै हण्डर खाएँ, तिम्रो शहरमा
तपाइँको प्रतिक्रिया ।