ईप्रका बावियाचौर सुर्खेतले बढायो गस्ती, अवैध रुपमा चिरानी काठ बरामद

ईप्रका बावियाचौर सुर्खेतले बढायो गस्ती, अवैध रुपमा चिरानी काठ बरामद

कपन अनलाइन

काठमाडौं ,भाद्र २५।

सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु निकै सलबलाएका छन् । तस्करहरुले धमाधम सालका रुख ढालेर जंगलमै मचान बनाएर काठ तस्करी गरिरहेको भेटिएको छ ।

ईलाका प्रहरी कार्यालय वावियाचौर बाट खटिएको टोलीले गत भदौ ०५ गते पन्चपुरी नगरपालिका वडा न ०५ स्थित बरैचे सामुदायिक वनबाट ३०० क्युबिक फिट चिरानी काठ बरामद गरेको छ! त्यस्तै,पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तिव्र रुपमा बढाएको छ। पछिल्लो एक महिनामा ईलाका प्रहरी कार्यालय बावियाचौरको टोलीले नौसय क्यूविक काठसहित एक जनालाई पक्राउ गरेको छ ।

हिजोमात्रै प्रहरीले पञ्चपुरी नगरपालिका–५ मुरमुरेस्थित काल ढुंगा सामुदायिक वनबाट अबैध सालको चिरान काठ र चिर्ने तयारीमा राखिएको काठ प्रहरीले बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा बावियाचौरबाट खटिएको प्रहरी टोलीले काठ र औजार बरामद गरेको हाे । यस्तै, बावियाचौर प्रहरीले पञ्चपुरी नगरपालिका–३ तोक्मामा अवैध सालको काठ काटिरहेको अवस्थाका तोक्माका ५२ वर्षीय नरबहादुर शाहीसहित काठ बारमद गरेको छ । उनको साथ बाट काठ चिर्न प्रयोग गरिने आरा एक र बन्चरो तीन थान बरामद गरिएको प्रहरीले बताएको छ ।

काठसहित पक्राउ परेका शाहीलाई सब डिविजन वन कार्यालय बड्डीचौरका रेन्जर सन्तबहादुर थापालाई बुझाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सामुदायीका वनका पदाधिकारीहरुले वनको निगरानी नगर्दा काठ तस्करहरु सलवलाएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।