लकडाउनले सिर्जना गरेको आत्मनिर्भरता

लकडाउनले सिर्जना गरेको आत्मनिर्भरता

कपन अनलाइन

काठमाडौं ,भाद्र २३। प्रनेल महर्जन / शोभा तामाङ

कोभिड -१९ ले गर्दा विश्व आतंकित र बन्दाबन्दी रहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन। नेपालमा पनि लकडाउनको बढ्दो रुपलाइ नकार्न सकिएन। “जहाँ इच्छा त्यहाँ उपाय” भने जस्तै सिर्जना गर्ने हातलाइ लकडाउनले छेकेन त्यसलाइ उपयोग गर्ने धेरै देखिए त्यसै भिडमा बुढानिलकण्ठ वडा ७ डठुगाउँ स्थित बसोबास गर्ने  स्थानीय वासिन्दा कृष्ण बहादुर महर्जन।

उनले यस लकडाउनलाई सदुपयोग गर्दै आफ्नै घरको कौसीलाई आफ्नो कर्मथलो बनाए। जसमा विभिन्न जातका कुखुराहरु, बट्टाई, टर्की, लौकाट जातका कुखुराहरु पालेर आफुलाइ चाहिने मासु स्वयं आफै उत्पादन गर्न थाल्नुका  साथै कौसीखेती पनि अगाडि बढाउदै आफुलाइ चाहिने तरकारीहरु कौसीमै लगाएका छन । आफुलाइ चाहिने प्राय तरकारी लगाए बन्द, भएमा आत्मनिर्भर बन्न सकिने जानकारी दिएका छन ।

लकडाउनले गर्दा आफुले चल्ला कोरल्नको लागि अण्डा बालाजु स्थित हयाचरिमा लग्ने गरेको तर बन्दले गर्दा अप्ठ्यारो पर्न गएको कुरालाइ सम्झदै घरमा नै हयाचरी गर्न सकिने मेसिन बनाएर घरमै चल्ला कोरल्ने मेसिन बनाउनमा लागि परे जसमा जेठा छोरा रोसन महर्जन र कान्छा छोरा सन्तोष महर्जनको सहयोगमा मेसिन बनाउन सफल भएर हालको अबस्थामा चल्ला काढ्नको लागि सम्पर्क गर्दै अण्डा बोकेर आउनेको संख्या बढ्दै गयो र आम्दानीको स्रोत बन्यो त्यो मेसिन अहिले आएर पोल्ट्री फर्म गरेर बस्नेहरुबाट हयाचरी मेसिन बनाउन अर्डर आउने र मेसिन बनाएबापत एउटा मेसिन तयार पार्न सामान सजिलै पाए एक हप्तामा बनाइ सकिने र एक मुस्टमा ६५ देखि  ७००००|- सम्म पर्ने जानकारी दिएका छन ।

यो एउटा आम्दानी पनि हुने र आफ्नो लागि पनि आत्मनिर्भर बन्ने उदाहरण हो। महर्जन परिवार ,सबैले आ-आफ्नो घरमा यसरी गरेमा हामीले तरकारी आयात कम गर्न सकिने बताउछन ।

 

तपाईलाई पनि हयाचरी मेसिन चाहिएमा: सम्पर्क गर्न सक्नुहुन्छ । कृष्ण बहादुर महर्जन : ९८४३५४७७३२ रोसन महर्जन: ९८४१३४८४२४ सन्तोष महर्जन: ९८५१०४५८७५

(प्रनेल महर्जन / शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।