समयमै मल आयात नगरेका दुई कम्पनीको ठेक्का रद्द गरेर जमानत जफत गरियो

समयमै मल आयात नगरेका दुई कम्पनीको ठेक्का रद्द गरेर जमानत जफत गरियो

कपन अनलाइन

काठमाडौं ,भाद्र २२।

समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ । भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरिएको हो ।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।