बालउद्धार माविको व्यवस्थापन समितिलाई स्थानिय युवाहरुको ज्ञापनपत्र
कपन अनलाइन
काठमाडौं ,भाद्र २१।
बुढानिलकण्ठ नगर पालिका वडा नं १० का युवाहरुले बाल उद्दार मावीको विद्यालय व्यवस्थापन समितिलाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएका छन।
आज भन्दा करिव २८ दिन अगाडी नया विद्यालय व्यवस्थापन समिति गठन भए देखि नै विभिन्न बहानामा आन्दोलित हुँदै आएका युवाहरुले ज्ञापन पत्रमा ब्यापक धर्ना लगायतका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन।
स्थानीय युवाहरुले प्रस्तुत गरेको ८ बुँदे ज्ञापन पत्रमा विद्यालयको व्यवस्थापन समिति हस्तान्तरण ,आर्थिक पारदर्शिता ,युवाहरुको छुटै समिति गठन लगायतका मागहरु राखिएको छ।
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा विभिन्न राजनैतिक दलहरु,स्थानीय बुद्धिजीवी,समाजसेवी,युवाहरू जसले विद्यालयको स्थापनाकाल देखिनै योगदान पुर्याएका सबैलाई पाखा लगाएर एकलौटी गरिएको आरोप लगाउदै युवाहरुले विद्यालयमा भौतिक निर्माण र नियमित काम बाहेक अन्य गतिविधि नगर्न समेत चेतावनी दिएका छन।
लामो समय देखि कपन क्षेत्रमा रहेका राजनीतिक दलहरुको प्रयोगशाला र शक्ति प्रदर्शनको मैदान बनेको सो विद्यालय नेपाल सरकार द्वारा नमुना विद्यालय घोषणा भए संगै गठन भएको व्यवस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरेले ज्ञापन पत्र बुझ्दै युवाहरुको मागका एक हप्ता भित्र बसेेेर छलफल गरिने आश्वासन दिएका थिए।
विद्यालयका विविध गतिविधिहरुका वारेमा विद्यालय भन्दा स्थानीय नेताहरुको निवासमा बढी बैठक र सल्लाह हुने अभ्यास बाट पिल्सिएर दलीय भागबन्डामा तिन दलका सहायक प्रधान अध्यापक नियुक्त गरेर धेरै वर्ष सम्म सेवा सुविधा प्रदान गरेको विद्यालयमा शिक्षक नियुक्ति पनि दल कै आधारमा गर्ने गरिएको भन्दै एक स्थानीयले युवाहरुको माग पत्रमा सो कुरालाई पनि प्राथमिकतामा राखेर समावेस गर्नुपर्ने धारणा राखेका छन।
युवाहरुको ज्ञापन पत्र :