गजल : विशुकुमार केसी
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
अरूलाई भाग लगाउँदा जति रहन्छ शेष ।
आफ्नुलागि त त्यै मात्र हुँदो रहेछ विशेष ।
दिनेले भूँइचालो उपहार दिएर गयो
के खोजेर यो मन खोस्रिरहेछ भग्नावशेष ।
जालन्धर भन्दैमा कहाँ जाली हुन्छन र
भगवान् भन्ने कै पो हुँदो रहेछ छद्मभेष ।
अध्येताहरू अध्ययन गर्छन् युग युगको
तर जे हुनुपर्ने हुँदो रहेछ एकैनिमेष ।
प्रकृतिकै सुन्दर रचना हो मान्छे
मान्छेलाई कुरूप बनाउँदो रहेछ विद्वेष ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।