बुढानिलकण्ठका -१० का संक्रमितको घरघरमा स्वास्थ्य सामाग्री सहित पुगे जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं ,भाद्र १९।
बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामाग्री र प्रोत्साहन रकम वितरण कार्य सुरु भएसँगै वडा नं १० का जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,सदस्य चन्द्रमान श्रेष्ठ , भुव प्रसाद रेग्मी ,रिता दाहाल ,दिल कुमारी विक सहितका जनप्रतिनिधिहरुले होम आइसोलेशनमा बसेका संक्रमितको घरघरमा पुगेर आवश्यक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श , स्वास्थ्य सामाग्री तथा उनीहरुको लागी सन्तुलित र पौष्टिक भोजनका लागी रकम वितरण गरेका थिए ।
यस नगरपालिका ले सन्तुलित र पौष्टिक भोजनका लागी दिइने खर्च अनुरुप परिवारमा १ जना मात्र संक्रमित भएकोलाई रु ४००० , एकजना भन्दा बेसी संक्रमित भएको परिवारलाई एकमुष्ट रु ६००० र संक्रमितको सहयोगीलाई २००० दिने व्यवस्था गरेको छ ।