दरबन्दी मिलान कार्य स्थगित गर्न नेपाल राहत शिक्षक समिति प्रदेश नं.१ को माग
कपन अनलाइन
काठमाडौं ,भाद्र १८।
नेपाल राहत शिक्षक समिति प्रदेश नं.१ कार्यसमितिले दरबन्दी मिलान कार्य स्थगित गर्न माग गरेको छ ।
समितिले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै एकातिर राज्यले महासंघ आवद्ध घटकहरुको उपस्थितिमा राहत शिक्षकहरुलाई दरबन्दीमा लैजाने भनी सम्झौता गर्दछ भने अर्को तर्फ राहतलाई दरबन्दी मानी मिलान प्रक्रियाको सहमति गरिएको उल्लेख गरिएको छ । पटक पटक पेशागत सुरक्षाका लागि आन्दोलन समेत गरेका राहत शिक्षकहरु अहिले दरबन्दी मिलानका कारण अन्यौलमा रहेका छन।
समितिले हिजोको दिनमा राहतलाई पायक पर्ने ठाउँमा सरुवा गरिनुपर्छ भन्दा राहत दरबन्दी नै होइन भनी राज्यले परिभाषित र अहिलेको भयावह परिस्थितिमा राज्यले शिक्षक दरबन्दी मिलानको नाममा राहत अनुदानमा कार्यरत शिक्षकहरुलाई मानसिक तनाव दिएको बताएको छ।
समितिले आफूहरुको माग पूरा नभए कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी समेत ददिदै राहत शिक्षकसँग यस अगी भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।