कागेश्वरी मनोहरा नगरपालिकामा आइसोलेसन केन्द्र विस्तार गरिने

कागेश्वरी मनोहरा नगरपालिकामा आइसोलेसन केन्द्र विस्तार गरिने

कपन अनलाइन

काठमाडौं,भाद्र १६। कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानीमा सय बेड सम्मको आइसोलेसन केन्द्र विस्तार गर्ने भएको छ । सोमबार काठमाडौं जिल्लाका विभिन्न नगरपालिकामा रहेका आइसोलेसन केन्द्रहरुको अवस्थाका वारेमा सांसदहरुले निरीक्षण गरेका छन।

काठमाडौंमा रहेका आइसोलेसन केन्द्रहरुको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई ,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगर पालिका इन्चार्ज जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने  र बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला र मणिराम फुयाल सहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिकामा संचालित आइसोलेसन केन्द्रको निरीक्षण गर्नुको साथै त्यहाको अवस्थाको बारेमा जानकारी लिएका थिए।

सांसदहरुको टोलीलाई कागेश्वरी मनोहरा नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले  मुलपानी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा  विस्तार गर्ने गरि काम अघि बढाउन लागिएको बताए।उनले सो अस्पतालमा हाल ६५ बेड रहेको र त्यसलाई विस्तार गरि सय बेड सम्म बनाउन तयारी गरिएको पनि जानकारी गराए।

 मिति २०७७ बैशाख १ गते देखी २०७७ भाद्र १३ गते सम्म २७२९ जनाको PCR Test र १३४४ जनाको RDT Test गरेकोमा (हाल RDT Test बन्द गरिएको) जम्मा १११ जनामा Corona संक्रमित देखीएको छ । Corona संक्रमित ६० जनाको Negative आई Isolation मुक्त भई आफ्नो घर फर्की सकेको र अन्य संक्रमित  बिभिन्न अस्पताल, Home Isolation र यस नगरपालिकाको मुलपानी नगर अस्पतालमा  रहेको जानकारी गराए।

 उनले नगरपालिका अन्य वडामा पनि आइसोलेसन केन्द्र संचालन गर्ने तयारी गरेको पनि बताए। उनले नगरपालिकाको वडा नं २, ५, ९ मा पनि आइसोलेसन केन्द्र संचालनमा ल्याउनको लागि प्रदेश सरकारलाइ पत्रचार गरिएको बताए उनले हाल नगरपालिकाले आइसोलेसन निर्माणको लागि भाडामा घर समेत लिएको जानकारी गराए उनले नगरपालिकाले कोरोना नलागेका र लागेकाहरुको लागि छुट्टाछुट्टै एम्बुलेन्स संचालनमा ल्याएको पनि जानकारी गराए।

त्यसैगरि उनले आइसोलेसन केन्द्रको लागि आवश्यक पर्ने १५ वटा अक्सिजन सिलिन्डर समेत खरिद गरिसकेको जानकारी गराउदै भेन्टिलेटरको लागि रोटरी क्लब / लायन्स क्लब लगायतका संग संस्थाहरुलाई अनुरोध समेत गरेको जानकारी गराउदै सो संस्थाहरु बाट  सकारात्मक प्रतिक्रिया पाएको बताए।

नगरपालिकाले २०७७ बैशाख १ गते देखीनै निःशुल्क RDT/PCR Test गर्दै आएको छ । PCR Test गर्न आउने ब्यक्ति Contact Tracing मा परेको, कुनै लक्ष्यण देखीएको जस्तो लागेमा, अस्पतालमा जचाउन, अप्रेशन गर्न जानुपरेमा र स्वदेश तथा बिदेशमा जानु पर्ने ब्यक्तिले मात्र PCR Test गराउन हुन अनुरोध गरिएको जानकारी गराए   ।

उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएका छन। उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै   यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेरी माया  स्नेह र सदभाब कायम राखी मनोबल उच्च पार्ने गतिबिधि समेत गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।