Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/kageshwori-foto-20770514-3-1024x577-1-e1598843240947.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/118309082_3234982376609712_6699695823561788033_o.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना रोकथाम केन्द्रित कार्यपालिका बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र १५ ।कागेश्वरी मनोहरा नगरपालिकाको ५६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।आइतबार  नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको सो बैठक विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस  रोकथाम संग सम्बन्धित  रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी  गराए।

साथै उनले सो बैठकले कोभिड १९ कोरोना भाइरस महामारीले कागेश्वरी मनोहरा नगरपालिका भित्र पारेको असरको समिक्षा गर्दै साविकमा नगरपालिका भित्र रहेका सबै वडामा विपद समिति गठन भएको र सो समितिमा समबन्धित बिभिन्न संस्थाहरुको प्रतिनिधित्व नभएको देखिदा, वडा अध्यक्षहरुको संयोजकत्वमा समबन्धित वडा बाट निर्वाचित  नगर कार्यपालिका सदस्य ,नगर सदस्य वडामा रहेका राजनैतिक पार्टीका प्रतिनिधिहरु वडा भित्र रहेका सहकारीका प्रतीनिधिहरु नेपाल रेडक्रस  सोसाइटीका प्रतिनिधिहरु ,सामुदायिक र संस्थागत बिद्यालयका प्रतिनिधिहरु स्थानीय टोल सुधार समितिका सदस्यहरु सम्मिलित गराई विपद समितिलाई क्रियाशील  गरि कोरोना संक्रमणको रोकथामका लागि आवश्यक व्यवस्था गर्ने निर्णय भएको जानकारी गराए ।

त्यसै गरि उक्त बैठकलेल कोरोना बिमा गर्न इच्छुक नगरबासीको सिफारिस गर्दा सिफारिस निशुल्क गर्ने, स्वास्थ्य सम्बन्धि सिफारिस निशुल्क गर्ने, दिर्घरोगी, किड्नी, क्यान्सरका बिरामीको हस्पिटलमा आवतजावतका लागि नगरपालिकाको एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने निर्णय भएको पनि जानकारी गराए ।

त्यसै गरि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रिय हुने नेपाल प्रहरी लगायतलाइ आवश्यक सहयोगको व्यवस्था गर्ने  त्यसै गरि  संक्रमण भएको व्यक्तिको बिवरण नगर स्वास्थ्य शाखाले राख्ने र पि. सी. आर परिक्षण गर्दा सो व्यक्तिको पहिचान खुल्ने  परिचयपत्र को फोटोकपी रेकर्डको लागि अनिवार्य राख्ने  निर्णय भएको पनि बताए।त्यस्तै सो बैठकले नगरपालिका भित्र रहेका नगरबासीको कोरोना बिमाको लागि आवश्यक परामर्श र अन्य समन्वय गर्न वडा स्तरीय विपद समितिलाई प्रयोग गर्ने ,  नगरपालिका  भित्र रहेका स्वास्थ्य केन्द्रमा देखिएको संक्रमणको प्रभाब डीसइन्फेक्ट गरि  कार्यालयलाइ अत्यावश्यक कामका लागि सुचारु गर्ने निर्णय भएको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।