नपठाउ तिम्रा यादहरु : मिना श्रेष्ठ (कविता )

नपठाउ तिम्रा यादहरु : मिना श्रेष्ठ (कविता )

कपन अनलाइन 

काठमाडौं ,भाद्र १४।

भो नआउ यहाँ
तिमिलाइ निषेध छ
तिम्रो याद नपठाउ 
तिम्रो झझल्को नपठाउ 

अह ! अब पर्दैन
ती कुनै तत्व
ती कुनै चिज
जसले मलाई बिझाओस
मलाई बिझाउदा तिमिलाइ दुखोस
भो,यस्तो प्रक्रिया बन्द गरौ
तिम्रा यादका खातहरुलाई
हिजै मेटेर आयको छु
तिमीले दियका दागहरु
तिम्रै पोल्टोमा बिसाइदियकी छु

भो ,अब नबोलाउ मलाई
कर्णप्रीय लाग्ने तिम्रो बोली
अब कर्कस लाग्न थालेको छ
तिम्रो प्रेमिल आवाजले
नसुम्सुमाइ ननिदाउने म
तिम्रो बोलिले ऐठन हुन थालेको छ

भो ,नबिउझाउ मलाई
एक मुठ्ठी आनन्द सग
एक युगको निद साट्नुछ मलाई
जीवनका भोगाइ उकालियर
मास्तिर जादा जादै
ओरालिनु शीत
भतभती पोलेको छ मन

त्यसै त्यसै
रनभुल्ल मा परेको
तिम्रो छेउ पुगेर
धर्मसन्कट मा फसेको
मेरो मन लाई
आफै सग फिर्ता बोलाउनु छ
आफै लाई भेटेर सल्लाह गर्नु छ
एक्लै छु
सम्पन्न छु

अनि त,
अब केहि चाह छैन
तिम्रो सम्झना हरुका
सुमधुर घण्टीहरु नबजाउ
यहाँ सधैं टासिरहने
सधैं साथ रहन खोज्ने
छाया लाई त प्रवेश छैन ।
नपठाउ तिम्रो याद हरु
ढोका बाहिरै प्रतीक्षामा हुनेछ

भो नपठाउ
म मोहित हुने
ती प्रेमिल चुम्बनहरु
मनका ढोकाहरु बन्द छन् ।
चुकुल आग्लो दुबै लाकोछु ।
अब यहाँ एक मुठ्ठी आनन्द सग
एक युगको पिरहरु साट्नुछ ।
धेरै बाचे के र के का लागि ?
अब अलिकति आफ्नै लागि बाच्नुछ ।

तपाइँको प्रतिक्रिया ।