बागमती प्रदेशका मुख्यमन्त्री द्वारा बीएमसिए आइसोलेसन बुढानिलकण्ठ -२ निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री द्वारा बीएमसिए आइसोलेसन बुढानिलकण्ठ -२ निरीक्षण

कपन अनलाइन

काठमाडौं ,भाद्र १४। निशा बराल / शिरिष पौडेल

बुढानिलकण्ठ २ रुद्रेश्वर स्थीत बि.एम.सि.ए स्कुलमा निर्माण गरिएको  आइसोलेशन केन्द्रको  बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले निरीक्षण गरेका छन।

आइसोलेशन निर्माणको मापदण्ड अनुरुप पुर्वाधारहरु निर्माण पुरा गर्न अभीरु कन्स्ट्रकसनलाई जिम्मा दिइएको  ५ दिनमै समापन गरेर आज निर्माण सम्पन्न गरिएको सो आइसोलेसन केन्द्र तयारी अवस्थामा रहेको थियो।

मुख्यमन्त्री पौडेल संगै  उक्त निरीक्षणमा  प्रतिनिधि सभा सदस्य  कृष्ण राई, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने ,बागमती प्रदेशसभा सदस्य दीपक निरौला, नगरप्रमुख उद्दव प्रसाद खरेल,नगर सल्लाहकार सुन्दर पुर्कुटी,नेकपा नगर अध्यक्ष रविन अधिकारी तथा नगर सचिव प्रदीप डङ्गोल,नगर प्रवक्ता नवराज भट्टराई , बुनपा-२ का वडा अध्यक्ष राजेन्द्र खडका लगायतका जनप्रतिनिधिहरु र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

सोमबार देखि सञ्चालन हुने उक्त केन्द्रमा २५ शैयाको क्षमता रहेको र   हरेक कोठामा ५ वटा खाट सहित बत्ति, पानि, पंखा , ईन्टरनेट तथा स्वास्थ्यकर्मिको सुबिधा हुने व्यवस्था मिलाइएको  वडा नं २ अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिएका छन ।

(निशा बराल / शिरिष पौडेल सुशासनका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।