तारकेश्वरको साङ्गला करीडोर सडक १ वर्ष नपुग्दै भत्कियो
कपन अनलाइन
काठमाडौं ,भाद्र ११। मेनुका कार्की /विपिन बोहोरा
तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्लामा कोरिडोर भत्कीएको छ । यो करिडोर पछि गएर रसुवा पुग्ने सुरुङमार्गमा मिसिने जनाइएको छ। सडक निर्माणको क्रममा बाटोले पुर्णता नपाई एकै बर्षमा भत्किएको हो ।
करोडौं लगानीमा बनेको बाटोको अबस्था र सरोकारवाला निकायको कमजोरी एवं ठेकेदारको लापर्वाहीको र चेक ड्याम लगाउन अनुरोध गरिएको तर प्राविधिक कारणले चेक ड्याम लगाउन असफल भएकोले त्यो बिना नै निर्माण गरिएको ओडा अध्यक्ष विदुर सापकोटाले बताए । उनले हाल सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने बाटो हस्तान्तरण गरेको करिब ७ महिना मै भत्किएको र अब यसलाई एक वर्ष सम्म भत्किएको खण्डमा पुन निर्माण गर्न ठेकेदार कृष्ण गौतमलाई अनुरोध गरेको बताएका छन् |
यस वारेमा सडक विभागको इन्जिनियर अशोक शाक्यलाई सम्पूर्ण जानकारी गरिसकेको र यसलाई तत्काल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिएका छन ।
र त्यस टोलमा निमार्ण कार्यमा विवाद र अफ्ठेरो परेको खण्डमा मात्र वडामा सम्पर्क गरेको र कालोपत्रे बनाउने समयमा पनि जानकारी नदिएको उनले बताएका छन ।
कालीमाटी बसपार्क हुदै टोखा सडक जोड्ने सो सडक विभागको मातहतमा निर्माण गरिएको र वर्षाको कारणले भत्किएको सडक विभागलाई चाँडै समन्वय गरेर बनाउने नगर प्रमुख रामेश्वर बोहोराले बताएका छन्।
(मेनुका कार्की /विपिन बोहोरा सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )