बुढानिलकण्ठ नगरपालिकामा एकै दिन ५१४ जनाको PCR परिक्षण,तिन जनामा संक्रमण देखियो
कपन अनलाइन
काठमाडौं ,भाद्र १०।
बुढानिलकण्ठ नगरपालिकाले पोलिमेयर चेन रियाक्सन चेन (PCR ) परिक्षणलाई तिव्रता दिएको छ। नगरपालिकाको ५५ औ कार्यपालिका बैठक बाट ५० बेडको आइसोलेसन केन्द्र निर्माण तथा अग्र मोर्चाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाले भाद्र ९ गते ५ सय १४ जनाको परिक्षण गरिएको थियो।
संक्रमितको शंख्या बढे संगै परिक्षणलाई तिव्रता दिएको बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३,८,१० र ११ मा परिक्षण गरेको छ भने अन्य वडाहरुमा पनि निरन्तर जारी राख्ने जानकारी दिएको छ।
भाद्र ९ गते वडा नं ३ मा १४९,वडा नं ८ मा १३१, वडा नं १० १४१ र वडा नं ११ का ९३ जनाको PCR परिक्षण गरिएको छ।
त्यस्तै भाद्र ९ गते बुढानिलकण्ठ नगरपालिकाका तिन जनामा कोरोना संक्रमण देखिएको छ।कोरोना पोजेटिभ देखापर्नेहरुमा बुढानिलकण्ठ १० शिव मन्दिर नजिकै बस्ने २३ वर्षीय महिला, बुढानिलकण्ठ १० आकासेधारा बस्ने ४० पुरुष र बुढानिलकण्ठ २ सुन्दरटार बस्ने १८ महिला रहेका छन् ।