नागार्जुन नगरपालिकाको कोरोना रोकथाम अभियानका लागि स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम बाट सहयोग
प्रतिनिधि सभा सदस्य जीबनराम श्रेष्ठको अध्यक्षतामा नागार्जुन नगरपालिकाका प्रमुख प्रमुख मोहन बस्नेत, उप-प्रमुख शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, लेखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणको लागि स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बचेको बजेट बाट विभिन्न क्षेत्रमा खर्च गर्ने निर्णय गरिएको थियो।
सो बैठकले भिमढुंगा स्वास्थ्य चौकीमा रहेको आइसोलेसन कक्षलाई वेड तथा सुविधा थप गरी संचालन गर्न आवश्यक रकम व्यवस्थापन गर्न,
नगरपालिका भित्र थप आइसोलेसन निर्माण, व्यवस्थापन तथा संचालनका लागि ४०लाख रुपैया प्रदान गरिएको छ। सो रकम बाट
,अक्सिजन सिलिण्डर सहित नेबुलाइजर / मेडिसिन / वेड / भत्ता र आइसोलेसनमा खटिने कर्मचारी तथा बिरामीहरूको लागि खाना/खाजाको व्यवस्था , एम्बुलेन्स तथा इन्धन खर्च सरसफाई सामाग्री तथा वासिंग मेसिन समेतको व्यवस्थापन गरिने सांसद श्रेष्ठले जानकारी दिएका छन।त्यस्तै कोभिड १९ रोकथाम तथा प्रचारप्रसार तथा सचेतना कार्यक्रमका लागि ७ लाख रुपैया प्रदान गर्ने सो बैठकले निर्णय गरेको छ।
तपाइँको प्रतिक्रिया ।