बुढानिलकण्ठ -१३ चुनिखेलमा निषेधाज्ञाको व्यापक उल्लंघन

बुढानिलकण्ठ -१३ चुनिखेलमा निषेधाज्ञाको व्यापक उल्लंघन

कपन अनलाइन

काठमाडौं ,भाद्र ६।

बुढानिलकण्ठ -१३ चुनिखेलमा निषेधाज्ञाको व्यापक उल्लंघन भएको छ। उक्त क्षेत्रमा कुनै पनि किसिमको  निषेधाज्ञा नभए जही गरी चोक चोक र पसलहरुमा स्थानीयहरुको भिड देखिएको थियो।

कपन अनलाइनको टोलि निषेधाज्ञाको अवस्था अवलोकन गर्न सो क्षेत्रमा पुग्दा कोहि चौतारामा गफमा मस्त देखिन्थे भने कोहि चिया पसल र भट्टी छेउछाउमा गफिदै कुनै पनि जोखिम नभए झैँ गरि बसिरहेका थिए।

त्यति मात्र हैन सो स्थानमा अत्यावस्यक सेवा बाहेकका हरेक किसिमका पसलहरु खुलेका थिए भने त्यहाँ रहेका मन्दिर क्षेत्रमा पनि मानिसहरुको भिड देखिन्थ्यो।

चुनिखेल क्षेत्रमा खी बाहेक अधिकांश व्यक्तिहरुले मास्क प्रयोग गरेका थिएनन् भने सामाजिक दुरी पनि कायम गरेका थिएनन। कोरोना संक्रमण र प्रकोपको निकै संवेदनशील अवस्थामा रहेको बुढानिलकण्ठ नगरपालिकाको वडा नं १३ मा पनि संक्रमित देखिएको अवस्थामा स्थानीयहरुको यो लापर्वाहिले निकै ठुलो जोखिम बढाउने देखिएको छ।

सो क्षेत्रमा प्रहरीको उपस्थिति नरहेको अवस्थाको फाइदा उठाउदै कोहि बाख्रा चराउन हिडिरहेका थिए भने कोहि भैसी चराउने तरखर गरिरहेका थिए।

नगरपालिका र प्रहरीले पटक पटक सुरक्षित रहेर निषेधाज्ञाको पालना गर्न अनुरोध गरे पनि चुनिखेलवासीहरु त्यसलाई बेवस्ता गर्दै कोरोनाले छुदै छुदैन झैँ गरेर सो अनुरोधको खिल्ली उडाईरहेका थिए।यस्तो लापर्वाहिले निकै ठुलो जोखिम बढाउने हुँदा यसलाई तुरुन्त रोक्न सरोकारवाला निकायले आवस्यक पहल थाल्नु पर्ने देखिन्छ।

 

तपाइँको प्रतिक्रिया ।