महिला सशक्तिकरण,उद्यमशिलता र नमुना महिला बेकरी

महिला सशक्तिकरण,उद्यमशिलता र नमुना महिला बेकरी

कपन अनलाइन

काठमाडौं ,भाद्र १ /शिरिष पौडेल

नारीलाई देवीको स्थान दिने देश नेपालले नारीहरूलाई धेरै कालसम्म इतिहास र शास्त्रमा मात्रै देविको रुपमा सिमित राखेको थियो । यहाँ नारीको शास्त्र र मुखले मात्र सुरक्षा र पुजा हुन्थ्यो ।

नारीहरुचुलोचौका र चारपर्खालमा मात्र सिमित रहन्थे । अहिले २१ औँ शताब्दीसम्म आइसक्दा नेपाल त्यस्तो अवस्थाबाट केहि हदसम्म माथि आइसकेको छ । देशमा महिला सशक्तिकरण को मुद्दा अघि बढिरहेको छ ।केहि वर्ष यता सरकारले पनि नारी लक्षित कार्यक्रमहरु अघि बढाएर महिला सशक्तिकरणको मुद्दालाई अघि  बढाउन लागी परेको छ ।

परिभाषा कै अध्ययन गर्ने हो भने महिला सशक्तिकरण एक प्रक्रिया हो । महिला स्वयमं आत्मनिर्भर हुने, आफ्नो स्वतन्त्र अधिकारलाई छनौट गर्न पाउने र आफूमा आइपर्ने विभिन्न समस्याहरूलाई आफै सजिलैसँग सामाधान गर्न सक्ने प्रक्रिया हो ।महिलालाई निर्णय गर्ने क्षमता र आर्थिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी गराउनु महिला सशक्तिकरणको लागि महत्वपूर्ण योगदान दिनु हो ।

सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर अघि बढिरहेको  छ । त्यही समृद्धिको सपनालाई साकार बनाउन सरकारले महिलाहरूलाई केवल गृहणीमा मात्र सिमित नराखी उद्यमशिलतामा अभिप्रेरित गरिरहेको छ । त्यहि अभियानको मूर्त रुप हो “ नमुना महिला बेकरी एण्ड क्याफे ” ।

नमुना महिला बेकरी एण्ड क्याफेको स्थापना , उद्यमशीलता

महिला र पुरूषबीचको असमानताले देशको विकासमा बाधा पुर्याइरहेको छ। त्यसैलेमहिलालाई चुलोचौका र चारपर्खालबाट बाहिर ल्याएर कसरी उद्यमशिल बनाउन सकिएला र उदमशिलतामा होमिएका महिलाका समस्या र चुनौतीलाई कसरी सहजीकरण गर्न सकिएला भन्ने प्रश्नको उत्तरका लागि सरकारले विभिन्न कार्य योजनाहरु अघि सारेको छ । यसै अनुरुप वडा कार्यलयहरुले  आफ्नो कार्ययोजना अनुरुप हस्तकला, सिलाई बुनाई , कुक लगाएत विभिन्न महिला लक्षित सीप मुलक कार्यक्रमहरु ल्याउदै आएको छ । वडाले महिला सशक्त बनाउन सीप सिकाउनु तर सो सीपलाई व्यवसायमा परिणत गर्न नसक्नु यस अभियानको ठुलो चुनौति रहेको छ ।

यसै चुनौतिलाई पार गरेर प्रदान गरिएको सीपलाई व्यवसायमा परिणत गर्न स्थापना गरिएको संस्था हो नमुना महिला बेकरी एण्ड क्याफे । महिलालाई सबल र सक्षम बनाउन लागिपरेका करिब २३ वटा महिला संजाल मिलेर  वि सं २०७४ मा चपली महिला महासंघ को स्थापना भए पश्चात वडा स्थरबाट प्राप्त भएको कुक र बेकरी तालिमलाईव्यवसायमा परिणत गर्न चपली महिला महासंघले बुढानिलकण्ठ नगरपालिकावडा नं २ को सहयोगमा वि सं २०७५ सालमा नमुना महिला बेकरी एण्ड क्याफे संचालनमा ल्याएको हो । यो बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको चपली घुम्तीमा अब्स्थीत छ ।यस बेकरीवडा नं २ को महिला लक्षित शिर्षकमा रहेको १० लाख र चपली महिला माहासंघ का केही महिला हरु बाट १५ लाख गरी कुल २५ लाख को लागतमा स्थापना गरिएको हो ।

यसको मुलभूत उद्देश्य भनेको महिलाहरुलाई दिइएको सिपलाई व्यवसायमा रुपान्तरन गर्नु र महिलालाई आत्म निर्भर तथा उद्यमी बनाइ उनीहरूलाई आउने विभिन्न प्रकारका समस्याहरूका अलावा दैनिक दिनचर्यालाई समेत सवल रूपमा अगाडी बढाउन मद्दत पुर्याउनु  हो ।

 महिला सशक्तिकरण र उद्यमशीलता

महिला सशक्तिकरण र उद्यमशीलता बीचमा नङ र मासुको जस्तै सम्बन्ध हुन्छ । उद्यमशीलताको विकासले महिला सशक्तिकरणमा सहयोग पुग्दछ भने महिला सशक्तिकरणले उद्यमशीलताको विकास गर्दछ ।

यस नमुना महिला बेकरी एण्ड क्याफे हाल सातजाना महिला  रहेको संचालक समितिद्वारा संचालित छ भने चार जना महिला हरुले रोजगारी पाएका छन् । यहाँ हुने बेकरी सम्बन्धि सम्पूर्ण वस्तुहरु उत्पादन देखी , दैनिक रुपको खाजाहरुसबै काम चारजनाले सम्हाल्दै आएकाछन् ।

स्थापनाको २ वर्ष बितिसक्दा आफ्नो उद्देश्यलाई पच्छ्याउदैयसले  राम्रो मात्रामा महिला उद्यमीहरु बिकास गरिसकेको छ । चपली महिला माहासंघ का अध्यक्ष निशा बरालका अनुसार अहिलेसम्म यस बेकरीले करिब १५० जना महिलाहरुलाई बेकरी र कुक सम्बन्धि सीपमुलक तालिम दिईसकेको छ । ती तालिम का मद्दतले बाहिरी जिल्लामा पनि महिला उद्यमीहरुले यस्तै बेकरी , क्याफेहरु संचालनमा ल्याएको उहाँको भनाई छ ।

उद्यमशीलताले  नै महिलालाई आर्थिक लाभ उठाउन र उनीहरुको सामाजिक अवस्था सुधार गर्न मद्दत गर्ने , समाजमा महिलाको उपस्थिति बढाउँने र राष्ट्र निर्माण र आर्थिक स्थितिमा सुधार ल्याई महिला एकीकरणको नेतृत्वको भावना पैदा गर्ने हुनाले आगामी दिनहरुमा पनि यसैगरी धेरै भन्दा धेरै महिला उद्यमीहरु उत्पादन गर्न जरुरी छ । यहाँ नमुना महिला बेकरी एण्ड क्याफे जस्ता अरुपनि नमुना व्यवसायहरु अगाडि आउन आवश्यक छ ।यहाँ सबे महिलाहरु आत्मनिर्भर ,सबल र सक्षम हुन जरुरी छ ।

त्यसैले पतृसत्ताको घेराबाट माथि उठेर महिलाहरुलाई समान तहमा ल्याउन महिला लाई आत्मनिर्भर र उद्यमी हुन जरुरी छ ।अनि मात्र लैङ्गिक विभेद हटेर समाजमा महिला र पुरुषको समान सहभागिता हुन्छ र न्यायपूर्ण समाजको स्थापना हुन्छ ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

 

तपाइँको प्रतिक्रिया ।