जलबायु परिबर्तनले पार्ने असरको अध्ययन गर्दै १५ वर्षका सोनाम शेर्पा
कपन अनलाइन
ताप्लेजुङ, साउन ३२/अमृता नेपाली
ताप्लेजुङको मैयाखोला ४मा २०६२ सालमा जन्मिएका सोनाम शेर्पा उमेरले अहिले १५ बर्ष पुगेका छ्न ।
एसइइ सम्मको पढाइ सकेर बसेका सोनामलाई सानैदेखि जलबायु परिबर्तनले भबिस्यमा ठुलो असर पार्न सक्छ भन्ने चिन्ता थियो ।बुबा पिके शेर्पासङै बाल्यकाल बिताएका सोनाम सानै उमेरदेखि पर्यटकिय क्षेत्र घुम्न जाने प्रकृतिलाइ नजिकबाट नियाल्नेबानी थियोे ।
अहिले जलबायु परिवर्तनलाई न्यूनीकरण गराउने उदेश्यका साथ जलबायु परिवर्तनका लागि बुबा छोरा सात महादेशका हिमाल आरोहण अभियानमा लागि परेका छ्न। सानै उमेरदेखि प्रकृतिसङ नजिक भएकाले सोनामले २०१९ मा मिस एण्ड मिस्टन टिनमा समेत भाग लिएका थिए।त्यसबेला सोनाम शेर्पा मात्र कम उमेरका थिए।
उनको जलबायु र बाताबरण सम्बन्धिको ज्ञानले सबैलाई चकित बनाएका थिए। अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले बिश्वलाई नै असर गरिरहेका समयमा सोनाम शेर्पा प्रत्येक दिन जलबायु परिवर्तन र बाताबरण सम्बन्धि अध्ययन अनुसन्धान र लेख रचना तयार गरि समयको सदुपयोग गरिरहेका छन।
उमेरले सानै भए पनि जलबायु परिवर्तन सम्बन्धि वकालत गर्न सक्ने भएका छ्न।जलबायु परिवर्तनले बिश्वलाई असर गरिरहेको छ भनी बिश्वका युबामाझ सन्देश प्रर्बाह गर्न लागि परेका छन।
(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )