मालपोत कार्यालयलाई अनलाइन प्रणाली निल्नु न ओकल्नु

मालपोत कार्यालयलाई अनलाइन प्रणाली निल्नु न ओकल्नु

कपन अनलाइन

काठमाडौं ,साउन ३१/ अमृता नेपाली

प्रबिधिको प्रयोगका कारण सेवाग्राहीहरुलाई सुबिधा पुग्नु पर्ने हो तर ताप्लेजुङको एक कार्यालयमा सुरु भएको प्रबिधिले सेवाग्राहीहरुलाइ भने दुख भएको छ।हचुवाको भरमा सन्चालन गरिएको प्रबिधिको प्रयोगले मालपोत कार्यालय ताप्लेजुङ अस्तब्यस्त बनेको हो। सेवाग्राहीहरुले लामो समय सम्म काम्म नहुदा दुख झेल्नु परेको छ । गत बर्ष मालपोत कार्यालय ताप्लेजुङ मा भु- प्रणाली मार्फत अनलाइन सेवा सुरु गरिएको थियो । जहाँ न बिद्युत पर्याप्त छ न ईन्टरनेट नै भर पर्दो ब्यब्स्था नै रहेको छ।

तयारी बिना गरिएको अनलाइन सेवाले कार्यालयमा ३/४ दिन लागाएर सेवा लिन आउने सेवाग्राहिले आज भोलि विभिन्न सास्ती खेप्नु परेको छ।हातले लेख्दा १/२ घन्टामा हुने गरेको काम अन्लाईन सेवा सुरु भए पछि भने ३/४ घण्टा  सम्ममा पनि नहुने हुदा टाढाबाट आएको सेवाग्राहीले भने अझै बढी दुख भोग्नु परेको छ।

गत जेठ २१ गते उद्घाटन गरेको अनलाइन सेवा को उद्घाटनकै दिन पनि ताप्लेजुङ मा बिद्युत थिएन्न।भुमी ब्यबस्थापन तथा अभिलेख बिभाग का महानिर्देशक गोकर्णमणि दुवादिले उद्घाटन गरेको अनलाइन प्रणाली अहिले सेवाग्राही र कर्मचारीको लागि निल्नु र ओक्ल्नु भएको छ यो विषयलाई दिएर सेवाग्राहीहरु प्रमुख जिल्ला अधिकारि समक्ष पुग्ने गरेको छ्न।

उता मालपोत कार्यालय ताप्लेजुङ का प्रमुख लेखा पनेरु महतले ईन्टरनेटको कारणले समयमा नै काम गर्न नसकेको बताउनु हुन्छ।उहाँले यो समस्या दशै र तिहार पछि नरहने बताउनु भएको छ। अहिले एउटा मात्र ईन्टरनेट सेवा प्रदायक सङ्ग काम गरिरहेकोले समस्या भएको भन्दै विकल्प खोज्ने प्रयास भइरहेको कार्यालयका प्रमुख पनेरुले जान्कारी दिनु भएको छ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।