बुढानिलकण्ठ -१० मा पाँच जना भन्दा बढी भेला हुन् नपाइने
कपन अनलाइन
काठमाडौं ,साउन ३०/विवेक पनेरु
कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको कारण मिति २०७७/४/२९ बसेको बुनपा -१०बिपद ब्यबस्थापन समितीको बैठकले वडामा थप संक्रमण फैलन नदिन विभिन्न निर्णय गरेको छ। यसका साथै समितिले बुढानिलकण्ठ नगरपलिकाले कोरोना रोकथामको लागि निकालेको सुचना पालना गराउन वडालाई आग्रह समेत गरेको छ।
बिपद ब्यबस्थापन समितिले गरेको निर्णयहरु:
१) वडा भित्र एकै ठाउमा पाँच जना भन्दा बढी भेला हुन नपाइने।
२) वडाको संबेदनसिल स्थानहरुमा ठेलागाडामा ब्यापार गर्न र फुटपाथमा पसल राख्न नपाइने।
संवेदनशील स्थानहरु:
क.मिलन चोक तर्कारी बजार
ख.आकाशे धारा ह्यान्डबल
ग.बालुवाखानी चोक
घ.रुद्रमती चोक
ङ. फ्रेन्डसीप क्लब
३.नगरपालिकाले निकालेको सुचनाको उल्लेखित बुदालाई मद्ध्यनजर गर्दै कोरोना रोकथामको लागि स्व्य्म्स्यवक खटाईने।
यसका साथै माथी गरिएको निर्णय पालना नभएमा स्थानीय सरकार संचालन एन२०७४,संक्रामक रोग एन २०२०को आधारमा कानुन बमोजिमको कार्बाही हुने र आवस्यक परेको ठाउँमा लकडाउन , निशेध र व्यावसाय बन्द गर्ने निर्णय समितीले गरेको छ।
(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशीक्षार्थी पत्रकार हुन् )