शंखरापुर नगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणलाई तीव्रता दिने: नगर प्रमुख सुवर्ण श्रेष्ठ

शंखरापुर नगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणलाई तीव्रता दिने: नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, श्रावण ३०।  शंखरापुर नगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणलाई तीव्रता दिने भएको छ। कोरोना भाइरस संक्रमित देखिए संगै नगरपालिकाले  प्रत्येक शुक्रबार आवश्यकता अनुसार  पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षण गर्न  लागिएको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए।बिभिन्न सरकारी कार्यालयहरूका कर्मचारीहरू, कोरोना भाइरस संक्रमित भएका ब्यक्तिहरूको  सम्पर्कमा रहेका सम्भावित ब्यक्तिहरू, फलफुल तथा तरकारी ब्यवसायीहरूको वडा कार्यालय र स्वास्थ्य शाखाको संयोजनमा पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षण गरिने उनले बताए ।

काठमाडौं  उपत्यकामा कोरोना  संक्रमितको  संख्या बढिरहेको  अवस्थामा शंखरापुरका नगरबासीहरू धेरै काठमाडौं आवतजावत  गर्ने भएकोले सम्भावित दुर्घटनालाइ ध्यानमा राखेर पोलिमेयर चेन रियाक्सन (पिसिआर)   परिक्षणमा जोड दिएको उनले बताए । त्यसै गरी नेपाल बिधुत प्राधिकरण साँखु शाखाको महसुल संकलन काउन्टर र मिटर रिडिंगको   काम समेत अर्को  सुचना नआए  सम्म बन्द गरिने नगर प्रमुख  श्रेष्ठले जानकारी गराए ।

हाललाइ हरेक शुक्रबार १ सय देखि १ सय ५० सम्म  पोलिमेयर चेन रियाक्सन (पिसिआर)  परिक्षण गर्ने  तयारी गरेको  बताउदै आवश्यकता अनुसार थप पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणको संख्या बढाउने  शंखरापुर नगरपालिकाका स्वास्थ्य  शाखा प्रमुख बिष्णु प्रसाद चापागाइले जानकारी गराए ।

फोटो : शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।