गोकर्णेश्वर महादेव मन्दिरमा मेला नलाग्ने
कपन अनलाइन
काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिले सार्वजनिक सुचना जारी गरेको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष समेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ द्वारा हस्ताक्षरित उक्त सुचनामा उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन भदौ ३ गते बुधबार लाग्ने मेला स्थगित गरिएको जनाइएको छ।
मन्दिर क्षेत्र प्रबन्ध समितिको बैठकले बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरिएको समेत जानकारी गराइएको छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणलाइ मध्यनजर गर्दै नेपाल सरकारले जारि गरेको सूचना समेतलाइ ध्यानमा राखी मन्दिर क्षेत्रमा कुनै किसिमको मेला पर्वहरुमा हुने भिडभाड बाट संक्रमण बढ्ने भएकोले मन्दिर बन्द गर्ने निर्णय गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ । साथै यस बाट भक्तजन दर्शनार्थीहरुमा पर्न गएको असुविधामा गोकर्णेश्वर महादेव मन्दिर प्रवन्ध समिति परिवार क्षमा प्रार्थी छ भनिएको छ ।
फोटो : सरोज बस्नेत