सहकारीहरुलाई घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न राष्ट्रिय सहकारी महासंघको आग्रह

सहकारीहरुलाई घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न राष्ट्रिय सहकारी महासंघको आग्रह

कपन अनलाइन 

काठमाडौँ, श्रावण २९। राष्ट्रिय सहकारी महासंघले सहकारीहरुलाई घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ती जारी  गर्दै कोरोना संक्रमणको उच्च जोखिम भएकोले संक्रमणबाट जोगिनका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आलोपालोमा ५० प्रतिशत जनशक्तीबाट कार्यालय संचालन गर्न भनेको छ ।

त्यसंगरी महासंघले कार्यालयको समय सिमा समेत घटाउन भनेको छ ।   सहकारी संस्थाहरुलाई सकभर प्रविधिको प्रयोग र सम्पर्क ब्यक्ती तोकेर सेवादिन आग्रह गरेको हो । साथै महासंघले बैठक सेमिनार जस्ता कार्यहरु भर्चुयल  गर्न र साधारण सभाको तयारीका लागि लाग्न अनुरोध गरेको छ । सदस्यलाई स्वास्थ्य सम्वन्धि समस्या देखिएमा तुरुन्त उपचारका लागि समन्वय गरि दिन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।