टोखा नगरपालिकामा पोलिमेयर चेन रियाक्सन (PCR) परिक्षण तीव्र

टोखा नगरपालिकामा पोलिमेयर चेन रियाक्सन (PCR) परिक्षण तीव्र

कपन अनलाइन

काठमाडौं ,साउन २९/नविना श्रेष्ठ 

टोखा नगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणलाई तीव्रता दिएको छ। टोखा नगरपालिकामा साउन २७ र २८ गते विभिन्न स्थानमा  PCR परिक्षण गरिएको थियो।

टोखा नगरपालिकामा साउन २७ गते १०५ र साउन २८ गते ५१ जनाको परिक्षण गरिएको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन।

टोखा नगरपालिकाले परिक्षणको दायरा बढाउने बताउदै उपप्रमुख डंगोलले टोखा नगरवासीलाई सचेत र सजग बन्दै कोरोना प्रकोप संग लड्नका लागि अपिल गरेकी छन।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।