बुढानिलकण्ठ -६ च्यासिन्डोलमा पार्क इबिए (EBA) निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,साउन २८।प्रजिता /कविता पुर्कुटी
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ च्यासिन्डोलमा पार्क (इबिए) EBA निर्माण हुने भएको छ।उपत्यका विकास प्राधिकरण बाट बिनियोजन गरिएको १ करोड बजेट बाट सो क्षेत्रमा रहेको करिव १६ रोपनी जग्गामा पार्क निर्माण गरिनेछ।
संयुक्त रास्ट्रसंघको EBA परियोजना अन्तर्गत निर्माण गरिने उक्त पार्क निर्माण स्थलको बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,वडा नं ६ का अध्यक्ष नबिन केसी,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,इन्जिनियर भागवत भक्त गोर्खाली लगायतले निरीक्षण गर्दै विस्तृत परियोजना प्रतिवेदन (DPR ) तयार गर्नका लागि आवस्यक काम अगाडी बढाइएको छ।
उक्त निरीक्षण पश्चात प्रदेस सभा सदस्य दिपक निरौलाले काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त स्थानमा प्राकृतिक पार्क निर्माण गर्नुपर्ने योजना अनुसार काम अगाडी बढेको बताउदै यसमा संघीय ,प्रदेस र स्थानीय सरकारको सहयोग रहने प्रतिवादत्ता ब्यक्त गरेका थिए।
उक्त क्षेत्रमा पर्यावरणलाई संरक्षण गर्दै बोट विरुवा तथा अन्य संरचना वातावरणमैत्री हुने इन्जिनियर सुसन महर्जनले जानकारी दिएका छन भने वडा अध्यक्ष नबिन केसीले बुढानिलकण्ठ नगरपालिकाका तर्फ बाट पनि बजेट व्यवस्थापन गरेको बताएका थिए। फोटो :गंगालाल महर्जन
(प्रजिता ,कविता पुर्कुटी र गंगालाल महर्जन सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )