बुढानिलकण्ठ वडा नं २ का विभिन्न क्षेत्रमा पहिरोको जोखिम
कपन अनलाइन
काठमाडौँ,श्रावन २६। निशा बराल/शिरिष पौडेल
केहि दिन यता परेको अबिरल वर्षाका कारण बुढानिलकण्ठ वडा नं २ का विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।बुढानिलकण्ठ वडा नं २ का बँदेली,तारेभिर जाने बाटोमा पर्ने पन्चकन्या मार्ग , गणेश चोक , बाँडेपाखा ह्याप्पी कोलोनी जस्ता क्षेत्रमा हिजो परेको अबिरल बर्षाले असर पुर्याएको छ ।
हिजोको बर्षाले गर्गदा णेश चोकको केहि भेगमा पहिरो गएको र त्यसका कारण ३ घर परिवार जोखिममा परेको हुनाले तत्काल वडाको पहलमा ३ परिवारलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन।
हिजो नै बँदेलीको केही ठाँउमा पहिरोको कारण पन्चकन्या मार्गको बाटो अबरुद्द हुनुका साथै बिजुलिका पोलहरु पनि ढलेका थिए । उक्त स्थानमा स्थानिय र प्राविधिकहरुको सहयोगले समस्याको समाधान गरिएको कुरा वडा सदस्य राजेन्द्र श्रेष्ठले बताएका छन ।
यस क्षेत्रमा जोखिमको अझै प्रबल सम्भावना रहेकोले सम्पूर्ण वडावासीहरुलाई सुरक्षित रहन र यदि कुनैपनि बेला बिपद् परेमा तुरुन्त वडाकार्यलयका जनप्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्पर्कको लागीः
वडा अध्यक्ष राजेन्द्र खड्का- ९८४१३६३५१९ २)
वडा सदस्य राजेन्द्र श्रेष्ठ – ९८५१०२९५३८ ३)
वडा सदस्य ज्ञानु कार्कि (थापा)- ९८६३१९३०२३ ४)
वडा सदस्य अनिता मिजार –९८१८२७८३१२ ५)
वडा सदस्य जय बहादुर लामा-९८४१४५०३८७
(बराल र पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।