बुढानिलकण्ठ-२ मा एक जनामा कोरोना संक्रमण,सचेत रहन वडा कार्यालयको अपिल
कपन अनलाइन
काठमाडौं ,साउन २६ /निशा बराल
आइतबार बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ४५ बर्षिय महिला हाल माथिल्लो भंगालमा बसोबास गर्दै आएकी थिइन् ।
दैनिक रुपमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले वडाबासीहरुलाई अतिआबश्यक काम भन्दा बाहेक बाहिर हिडडुल नगर्न, भिडभाडमा नजान, वडा कार्यलय बाट लिने सेवाहरु पनि अतिअबशक नभए सम्म नलिन र दैनिक सामान खरिद गर्दा पनि अनिवार्य रुपमा मास्क को प्रयोग गरि सामाजिक दुरी अपनाउन आग्रह गरेका छन।
उनले बाहिरी जिल्ला बाट आएकाहरुलाई पनि होम क्वारनटीनमा बस्न अनुरोध गर्दै आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउ भन्ने संदेश दिएका छन।
(निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।