बुढानिलकण्ठ नगरपालिकाको ‘उज्यालो नगर’ अभियान जारी छ : नगर प्रमुख उद्दब खरेल
कपन अनलाइन
काठमाडौँ,श्रावण २६। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बाट नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान कार्यको शुभारम्भ गरेको छ । आइतबार उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुवात गरेका हुन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले सो कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाबाट शुरुवात भएकोमा खुसि ब्यक्त गर्दै नेपाल बिद्युत प्राधिकरणलाइ आभार ब्यक्त गरेका थिए । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु नपर्ने बताउदै विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने बताए ।मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने बिश्वास ब्यक्त गर्दै कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।
बुढानिलकण्ठ नगरपालिकामा उज्ज्यालो नगर अभियानको लागि ३ करोड रुपैया बजेट छुट्याएको जानकारी दिदै नगरपालिकाका बिभिन्न स्थानमा भूमिगत तार व्यवस्थापन हुदै गरेको जानकारी गराए। उनलेबुढानिलकण्ठ नगरपालिकाको आइतबारे पार्कमा नमुना लघु जलबिद्युत आयोजना निर्माणको तयारी सुरु गरिसकिएको जानकारी दिदै हरेक चोक चोक र गल्लीहरुमा सडक बत्ति जडान गर्ने काम भैरहेको बताए ।उनले बिद्युत प्राधिकरण संग छलफल गरि समार्ट नगरपालिका बनाउनको लागि पहल गर्ने बताए ।