कागेश्वरी २ आलापोटमा साहित्यिक उद्यान निर्माणको लागि आर्थिक सहयोग

कागेश्वरी २ आलापोटमा साहित्यिक उद्यान निर्माणको लागि आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं श्रावण २४ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं २  स्थित आलापोट, फुयाल गाउँमा साहित्यिक उद्यानको लागि आर्थिक सहयोग गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, व्यङग्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको स्मृतिमा उहाँहरुको पूर्ण कदको शालिक सहित निर्मित साहित्यिक उद्यानको लागि  व्यङग्य शिरोमणि भैरव अर्यालका ज्येष्ठ सुपुत्र प्राध्यापक डाक्टर दिपक अर्यालले नगद रु ५० हजार सहयोग गरेका छन् । उनले  बागमती प्रदेशका भौतिक पुर्बाधार विकास मन्न्री रामेश्वर फुयालको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशका भौतिक पुर्बाधार विकास मन्न्री रामेश्वर फुयालको विशेष सक्रियतामा कागेश्वरी मनोहरा नगरपालिका स्थित कागेश्वरी पुस्तकालय प्राङ्गणमा तीन शीर्ष साहित्यकारको पूर्णकदको शालिक  निर्माण भएको हो । उक्त कामको लागि  साहित्यकार र जनताबाट पनि “एक रुपैया भन्दा माथि सहयोग अभियान” नै चलाइएको  थियो  । साहित्यिक क्षेत्रमा उहाहरुले पुर्याएको योगदानको सम्मान स्वरुप शालिक निर्माण गरिएको जसले   राजधानीको पूर्वी क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक जागरणमा समेत सहयोग पुग्ने  विश्वास उनले राखेका छन्।शालिक निर्माणमा बागमती प्रदेशका भौतिक पुर्बाधार विकास मन्न्री रामेश्वर फुयालको पहलमा प्रदेश सरकारबाट रु. ५० लाख सहयोग उपलब्ध गराएको  थियो ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।