राहत शिक्षकहरुको दरवन्दी पुन वितरण,काठमाडौं जिल्लाका १०६४ शिक्षक पुलमा
कपन अनलाइन
काठमाडौं ,साउन २२।
शिक्षा मन्त्रालयले राहत शिक्षकहरुको दरवन्दी पुन वितरण गरेको छ। मन्त्रालयले मौजुदा दरवन्दी शंख्यालाई मिलान गरि आवस्यक दरवन्दी शंख्या तय गरेको छ भने आवस्यकता भन्दा बढी दरवन्दी रहेका विद्यालयका शिक्षकहरुलाई पुलमा राखेको छ।
काठमाडौं जिल्लाका ११ स्थानीय तहका १०६४ जना निमावी र प्राथमिक तहका शिक्षकहरु दरवन्दी मिलनको पुलमा परेका छन।यसमा सबै भन्दा बढी काठमाडौं महानगरपालिकाका ४६५ प्रावी र ६३ जना निमावी तहका शिक्षक रहेका छन भने सबैभन्दा कम टोखा नगरपालिकाका २७ जना शिक्षकलाई पुलमा राखिएको छ।
त्यस्तै बुढानिलकण्ठ ४३,कागेश्वरी मनोहरा ४५,गोकर्णेश्वर ३३, चन्द्रागिरी ८६ , शंखरापुर ७३,नागार्जुन ५३,तारकेश्वर ५५ ,दक्षिणकाली ५३ र किर्तिपुर नगरपालिकाका ६८ जना शिक्षकहरु दरवन्दी मिलानको पुलमा रहेका छन।
तपाइँको प्रतिक्रिया ।