लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा जुस तथा मास्क वितरण

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा जुस तथा मास्क वितरण

कपन अनलाइन

काठमाडौँ,श्रावण २२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका बिभिन्न लायन्स क्लब तथा लियो क्लबको संयुक्त आयोजनामा काठमाडौंका बिभिन्न सामाजिक संघ संस्थाहरुमा जुस वितरण गरेको छ। डाबर नेपालको प्रायोजनमा आयोजना भएको सो कार्यक्रममाडिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, जी एस टि मल्टिपल कोर्डिनेटर तथा पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल ,डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङबिभिन्न क्लबका प्रेसिडेन्ट सहित लायन्स लिडरहरुको उपस्थितिमा जुस वितरण गरिएको हो ।

सोहि कार्यक्रममा लायन्स लिडरहरुले कोरोना रोकथामको लागि सुरक्षात्मक उपाय अपनाउन आग्रह गर्दै मास्क समेत वितरण गरेका थिए । स्वस्थ रहनका लागि आफूलाई रोगबाट बचाउन जरुरी हुन्छ र रोगबाट बच्न रोगप्रतिरक्षा प्रणाली मजबुत हुनुपर्छ भन्दै रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि जुसले पनि केहि हद सम्म सहयोग गर्ने हुँदा बिभिन्न सामाजिक संघ संस्थामा आश्रितहरुको लागि जुस वितरण गरेको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले बताए ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले स्थापना गरेको फुड ब्यांक अन्तर्गत रहेर बिभिन्न सामाजिक संघ सस्थामा आश्रितहरुको लागि जुस वितरण गरिएको उनले प्रष्ट पारे । कोरोना रोक थामका लागि सरकारले लागु गरेको लक डाउनका कारण बिभिन्न सामाजिक संघ संस्थामा आश्रय लिईरहेका हरु सबैको पहुँचमा रोग प्रतिरोधात्मक क्षमता बलियो पार्ने खानाको अभाब हुन सक्ने देखेर डिस्ट्रिक ३२५ ए१ले स्थापना गरेको फुड ब्यांकको हंगर रिलिफ कार्यक्रम अन्तर्गत डाबर नेपाल संगको सहकार्यमा जुस वितरण गर्नुको साथै कोरोना रोग बाट बच्ने उपायको बारेमा सचेतना समेत जगाएको जी एस टि मल्टिपल कोर्डिनेटर तथा पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवालले बताए ।

हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्ने हुँदा आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक रहेको बताए । यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक रहेको बताउदै रोग प्रतिरोधात्मक क्षमता उमेर अनुसार फरक पनि पर्ने बताए ।

शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ । तर उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पुऱ्याउँने उनले बताए । रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैन भने उनीहरुलाई रोगले त्यति च्याप्न नसक्ने बताए । रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको उदाहरण दिदै अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता नलागेको हुँदा कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुने बताए ।

कोभिड–१९ ले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी रहेको पनि उनले बताए । उनले जुसले कोरोना रोकथाम गर्ने नभई शरीरलाइ चाहिने आवश्यक पौष्टिक तत्वा केहि मात्रमा भए पनि पुर्याउन सहयोग गर्ने स्पष्ट पारेका थिए ।

 त्यसै गरि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का  सेकेन्ड  भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले  टिम मेलेर गर्दा जे पनि सम्भब हुने  बताए ।उनले सामुहिक रुपमा गरिएको कामले सफलता पाउने बताउदै  कोरोना भाइरस महामारीको समयमा पनि लायन्स सदस्यहरुले समाजसेवाको कामलाइ नछोडेको बताए ।जहाँ आवश्यकता त्यहा लायन्स भन्ने सेवा भावका साथ लायन्स सदस्यहरु खटिरहेको बताउदै सबैलाई धन्यबाद दिएका थिए।गुरुङले नयाँ र सृजनात्मक कार्यहरुमा सबै सदस्यहरुको उत्साह र तत्परता प्रशंसनीय रहेको पनि बताए। जुसले कोरोना रोकथाम नै गर्ने नभई शरीरलाइ चाहिने आवश्यक पौष्टिक तत्व समाबेश हुने भएको र त्यस्ता पौष्टिक तत्वले रोग संग लड्ने क्षमता बृद्दीमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै जुस वितरण गरिएको बताए।

उनले जहाँ मानवलाई सहयोगको आवश्यकता हुन्छ त्यहाँ लायन्सले सहयोग पुराइरहेको भन्दै यस्ता कार्यक्रम आयोजना गर्नु अपरिहार्य रहेको  बताए । लायन्स क्लब सामाजीककार्यमा सक्रिय रहदै आएको  बताउदै उनले अवसरविहीन पहिचान गरी त्यस्ता ठाउँमा विगत वर्षदेखि कार्यक्रम सञ्चालनगर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए ।

तपाइँको प्रतिक्रिया ।