अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं, श्रावण २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी भएको बताइएको छ । कोरोना संक्रमण देखिए संगै थप कन्ट्रयाक ट्रेसिंगको कार्य अघि बढाइएको छ।
तपाइँको प्रतिक्रिया ।