कपनको चौरमा कार्टुनमा शिशु :चर्चित युट्युबर देखि स्थानीय पत्रकार सम्म “उल्लु” बने

कपन अनलाइन 

काठमाडौं ,साउन २०।

कसैलाई कुनै कुरामा सत्य लुकाएर झुट देखाएर त्यसैलाई सत्य बनाएर देखाउदा  त्यसलाई पत्याउनेलाई  “उल्लु”  भन्ने चलन रहेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा संचालनमा रहेको केयर बाल गृहले पनि फिल्मी शैलीमा नाटक रचेर नेपालकाचर्चित युट्युबर देखि बुढानिलकण्ठका स्थानीय पत्रकार सम्मलाई नराम्रो संग उल्लु बनाएको छ।

गत साउन १३ गते बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ को चौरमा कार्टुनमा एक बालिका भेटिएको खबर भाइरल बन्यो। उक्त कार्टुनमा रहेकी बालिकालाई चलचित्रको प्लट झैँ भिडियो खिचेर उद्दारको नाटक रचियो।अनि जनताको रोदन ,पिडा ,आँशु र कस्टको बिस्कुन सुकाउदै डलर छाप्ने बानि परेका केहि  युट्युबर,चर्चित रास्ट्रिय देखि बुढानिलकण्ठ नगरपालिकाका स्थानीय संचार माध्यम सम्मले ठुलो प्राथमिकता दिएर समाचार र भिडियो पनि तयार पारेका थिए ।

त्यस बेलाका भिडियो र समाचार सामाग्री हेर्दा केयर बाल गृहकी संचालक पुष्पा अधिकारी कुनै दैवी शक्तीले लेस अलौकिक पात्र झैँ लाग्थिन भने उनको प्रतिक्रिया लिन आउने संचारकर्मी तथा युट्युबरहरु ठुलै समाजसेवी झैँ लाग्दथे।कतिपय संचार माध्यमका प्रस्तोताहरु सब्सक्राइबर र भिजिटर बढाउने ध्याउन्नमा रोए झैँ पनि गरेका थिए।

हामीले उक्त घटनाको समाचार सम्प्रेषण नगर्दा धेरै प्रश्न ,जिज्ञासा र आरोप समेत प्राप्त गरेका थियौ तर हाम्रो श्रोतले यसमा संकाको सुविधा राखौ भनेर दिएको सल्लाह मान्दै केहि अनुसन्धानमा लागेका थियौ।

त्यस क्रममा उक्त खुल्ला स्थानमा धेरै बाल बालिका खेल्न आउने र बस्ति विचको बाटो बाट मात्र पुग्न सकिने ठाउमा यसरि दिन दहाडै ति बालिकालाई निकै हिफाजत सहित कार्टुनमा राखेर कसैले नदेख्ने गरि छोड्नु कति सम्भव छ ? अनि तत्काल बालिकाको नामकरण र कुनै कानुनी औपचारिकता बिना सिधै बाल गृहमा लैजान मिल्छ कि मिल्दैन ? हाम्रो अगाडी यो प्रश्न रहेको थियो। र यसै प्रश्नले हामीलाई उक्त घटनाको वारेमा थप खोज गर्नुपर्ने आवस्यकता तर्फ डोर्याएको थियो।

अहिले धेरैले क्यामेराको पर्दामा झुटो आँशु झार्दै ति बालिका प्रति सहनुभुत्ति र संचालक अधिकारी प्रति सम्मान सहित खर्चेका धेरै शव्द उनीहरुलाई नै भारी बनेका छन भने त्यसलाई सत्य सम्झेर युट्युब हेर्दै आशिर्वाद दिने र दुख व्यक्त गर्ने लाखौ जना पनि “उल्लु” बनेका छन।

कसरी खुल्यो झुटको पर्दा ?

कुनै पनि कानुनी  प्रक्रिया पुरा नगरी ति बालिकालाई आफ्नो बाल गृहमा लागेको नाटकको पहिलो भाग समाप्त भए संगै बाल गृह संचालक अधीकरिले प्रहरीमा निवेदन दिइन भने पहिलो दिनको नाटकको बलमा सहयोग संकलन शुरु गरिन ।

त्यस संगै विदेशमा रहेका मनकारी व्यक्तिहरुले रगत पसिना बगाएर कमाएको सहयोग दिएर भिजिटर बढाउदै कमाउने धन्दामा रहेका व्यक्तिहरु र लोकप्रियताको भोकमा भौतारिरहेका संचार माध्यमहरुले निकै ठुलो पुन्य कर्म भन्दै यसको प्रचार गर संगै ति बालिकाकी वास्तविक आमा बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन्।

द्रव्यको अगाडी महादेवको तिन नेत्र भने झैँ सहयोगको खोला बग्न थाले  संगै त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएर फरार रहेकी उनले आफ्नी छोरीको दावी गरिन र घटनाको पर्दा खुल्यो।प्रहरीले आमाको दाबी स्वीकार गरेर बच्चा उनलाई जिम्मा लगाएको छ।

निकै चर्चा पाएको सो घटना संग जोडिएको केयर बाल गृह काठमाडौं महानगरपालिका बाट ठाउँ सारी गरेर केहि समय अगाडी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।