बुढानिलकण्ठ -१० मा “घर घरमा योग” अभियान संचालन गर्दैछौ : नगर प्रवक्ता नवराज भट्टराई
कपन अनलाइन
काठमाडौं ,साउन १७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले वडा नं १० ले “घर घरमा योग” अभियान संचालन गरिने बताएका छन।
योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले वडाले यसका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिदै वडामा क्रियाशिल सबै योग संग सम्बन्धित संस्थाहरुको सहकार्यमा घर घरमा योग सचेतना बढाउने तयारी गरिएको बताएका हुन्।
योग शिक्षा प्रवर्धन गर्दै स्वस्थ वडावासी बनाउनका लागि संचालन गरिने अभियानका लागि योग शिक्षा प्रवर्धन गर्न पुस्तक प्रकासनको तयारीमा रहेको जानकारी दिदै अध्यक्ष भट्टराईले योग प्रेमी परिवार नेपालले संचलान गरेको योग शिक्षा अभियानको लागि धन्यवाद दिएका थिए।
सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा योग शिक्षा प्रवर्धन गर्नका लागि भौतिक,शैक्षिक तथा प्राकृतिक पूर्वाधार विकासका लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गर्दै संस्थाको नाम जस्तै योग प्रेमी बुढानिलकण्ठ बनाउन सबैले योगदान दिनुपर्ने बताएका छन।