व्यवस्थित विकास योजना अभावले कपन क्षेत्रमा सडक तथा ढल समस्या: कुसुम कुमार कार्की

व्यवस्थित विकास योजना अभावले कपन क्षेत्रमा सडक तथा ढल समस्या: कुसुम कुमार कार्की

कपन अनलाइन

काठमाडौं ,साउन १७।

काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित  बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बेलैमा व्यवस्थित विकासको योजना नबनाइएका कारण कपन क्षेत्रमा सडक तथा ढलको समस्या देखिएको बताएका छन।

योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कार्कीले शहरी विकासको योजना विना बनाइएका संरचना तथा पूर्वाधारहरुका कारण कपन क्षेत्रमा डुवान तथा सडक विस्तारमा समस्या परेको धारणा राखेका हुन्।

केवल बस्ति विकासलाई मात्र प्राथमिकतामा राखेका कारण अहिले सो क्षेत्रमा सडक विस्तार तथा अन्य पूर्वाधार निर्माणमा जटीलता आएको भन्दै प्रदेस सभा सदस्य कार्कीले अहिले घर बाट निस्कने वेलामा कुन बाटो जानेहोला भनेर तिन पटक सोच्नुपर्ने अवस्था रहेको बताएका थिए।

त्यस्तै योग प्रेमी परिवार नेपालको कार्यालय उद्घाटन गर्दै उनले अवका दिनमा नेपालका राजमार्ग र  प्रमुख  सडकको पूर्वाधार निर्माण तथा संचालन  निजि क्षेत्रलाई दिनुपर्ने भन्दै त्यसो गरेमा समय ,इन्धनबच्नुका साथै नागरिकको स्वास्थ्य पनि सुरक्षित हुने धारणा राखेका थिए।

जनताको सेवक बन्नुपर्नेमा  अहिले जनप्रतिनिधि शासक जस्तै भएको भन्दै उनले जनप्रतिनिधिहरुलाई उत्पादनमुखी व्यवसायिक   बनाउनुपर्नेमा जोड दिएका थिए।आफुलाई केन्द्रमा राखेर सोच्दा मान्छे सधै दुखि रहने भन्दै कार्कीले अरुको खुसीको लागि सोच्न थालेमा सबै मानवजाती सुखी हुने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।