मनको दु:ख अरुलाइ नभन : मीना ढकाल (गजल )
कपन अनलाइन
काठमाडौं ,साउन १७।
पुजिने त्यो मुर्ति बन
दुनियाँले टेक्ने ढुङ्गा नबन।
अरुको पेट भोको पारी
आफ्नो पेट मात्रै भर्ने नभन ।
खुशी बाड्ने धेरै साथी राख
दु:ख बाड्ने म छु अरुलाइ नभन ।
रोपेको जुन छ तेहि फल खाने बन
मनको दु:ख अरुलाइ नभन।
मनमा त याद छाडेकै छौनी
फ़ेरि मुटु छेड्ने छुरा नबन ।
तिमी मेरो त मीत पो हौत , शही अर्थ सम्झ
मनगडन्ते नबन ।
रुखले त पात मात्रै पो फेर्छ
तिमी म जरै फेर्छु नभन ।
सम्मान दिन त सम्मानित ले जानेको हुन्छ
अरुलाइ अपमान दिने नबन ।
तिम्रो फुल जस्तै मुस्कान राखी राख है
त्यो मन भरिको पिडा अरुलाइ नभन ।
बढी रहेको छ मेरो त जिम्मेवारीको घनत्व
खै तेरो जिन्दगी को खुशी नभन ।
दुइ चार पटक रमाउदै हिड्दा
सयौं पटक सम्झिदै रुने नबन ।
खै कहाँ देखिन्छ र उन्यौ फुलेर ढुङ्गा टुसाएको
औषधि ले निकै नबानाउने मनको रोगी नबन।
तपाइँको प्रतिक्रिया ।