गोकर्णेश्वर नगरपालिका वडा नं ७ को सामाजिक सुरक्षा भत्ता सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, श्रावण १५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले सामाजिक सुरक्षा भत्ता सार्वजनिक सुचना जारी गरेको छ। वडा सचिब द्वारा हस्ताक्षरित उक्त सुचनामा सामाजिक सुरक्षा नियमावली २०७६ले व्यवस्था गरे अनुरुप कुनै पनि ब्यक्तिले नेपाल सरकार वा नेपाल सरकार बाट मान्यता प्राप्त संघ संस्था तथा अन्य अन्तर्राष्ट्रिय सरकार वा संघ संस्था बाट मासिक रुपमा तलब भत्ता, पेन्सन वा यस्तै प्रकारका अन्य मासिक सुबिधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने भनि मिति २०७७/३/ १७ मा (मन्त्रीस्तर) बाट निर्णय भएको हुँदा माथि उल्लेखित सेवा सुबिधा लिइरहेका व्यक्तिलाइ आ आफ्नो वडा कार्यालय बाट प्रदान गरिएको सामाजिक सुरक्षा भत्ता आज उपरान्त प्रदान नगरिने व्यहोरा समेत सोहि सुचना मार्फत जानकारी गराएको छ। साथै झुट्टा बिवरण पेश गरिएको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोराको समेत सुचनामा उल्लेख गरिएको छ ।