ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका एक युवामा कोरोना संक्रमण

कपन अनलाइन 

काठमाडौं ,साउन १३।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गत शुक्रबार जिल्लाका विभिन्न स्थानिय तहबाट स्वब संकलन गरेर पठाइएका मध्ये सिद्धिचरण नगरपालिका ७ का २६ वर्षीय युवकमा संक्रमण पुष्टी भएको हो ।

दुबईबाट आएर  असार ३१ गते  भक्तपुरको सल्लाघारी होल्डिङ सेन्टरमा बास बसी  पुनः चतरा होल्डिङ सेन्टर हुँदै साउन १ गते ओखलढुंगा आइपुगेका थिए ।
सोलुखुम्बुको सवारीसधन रिजार्भ गरेर जिल्ला आएका उनलाई सिधै ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा लगिएको थियो । उनीसँगै सोही गाडीमा आएका अन्य दुई जनामा भने कारोना नदेखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिएका छन।

ती युवकको स्वास्थ्य अवस्थामा सामान्य रहेकाले उनलाई सोही क्वारेन्टिनमा राखेर उपचार सुरु गर्ने तयारी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।