काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,साउन १३।

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३  र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।सोमबार मात्रै १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

तपाइँको प्रतिक्रिया ।