बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रुद्रमती (धोवीखोला ) पुल उदघाटन
कपन अनलाइन
काठमाडौं ,साउन १०।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रुद्रमती (धोवीखोला ) पुल उदघाटन गरिएको छ। वडा नं २ को पन्चकन्या – वासिकु मार्गमा निर्माण गरिएको सो पुलको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले उदघाटन गरेका हुन।
रुद्रमती (धोवीखोला ) को मुहान धोवीढुंगा रहेको वडा नं २ का पन्चकन्या तथा वासिकु क्षेत्रका स्थानीयहरुको आवतजावतमा सहजता प्रदान गर्नका लागि सो स्थानमा पुल निर्माण गरिएको हो।
नगरपालिकको प्राचिन र ऐतिहासिक महत्व बोकेको वासिकु लागयतका क्षेत्रका जनतालाई सुविधा प्रदान गर्नका लागि निर्माण गरिएको उक्त पुल उदघाटनमा नगर प्रमुख सहित वडाका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले उदघाटन गरेको सो पुलको लागत ३५ लाख रुपैया रहेको छ। सो पुल उदघाटन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई ,नेकपा बागमती प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी ,काठमाडौं जिल्ला सदस्य बिदुर विक्रम खड्का ,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल , वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई,नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति सदस्य सानु श्रेष्ठ,इन्द्र बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।
पुल निर्माण र अनुगमन समितिलाई सम्मान गरिएको सो उदघाटन कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष रुद्र प्रसाद पौडेलले गरेका थिए भने संचालन वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठले गरेका थिए।