शंखरापुरको जहरसिंह पौवामा “राजनेता उधान” निर्माण हुने

शंखरापुरको जहरसिंह पौवामा “राजनेता उधान” निर्माण हुने

कपन अनलाइन 

काठमाडौं ,साउन ९।

शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंह पौवामा राजनेता उधान निर्माण हुने भएको छ। सहिद उधान र घुन्सा पार्क रहेको क्षेत्रमा  संघीय,प्रदेस र स्थानीय सरकारले राजनेता उधान निर्माण कार्य शुरु गरेका छन।

पृथ्वी नारायण शाह,बिपी कोइराला ,पुष्पलाल ,मनमोहन अधिकारी,गणेशमान सिंह,मदन भण्डारी,गजेन्द्र नारायण सिंह,योगमाया ,डा. हर्क गुरुङ सहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको सालिक तथा सहिद स्मृति संग्रहालय निर्माणका लागि संघीय सरकार,बागमती प्रदेस सरकारले ५० -५०  लाख र  सोहि स्थानमा गणेशमान बाटिका निर्माणका लागि बागमती प्रदेस सरकारले ३० लाख बजेट विनियोजन गरेका छन।

संस्कृति तथा नागरिक उड्ययन मन्त्रि योगेस भट्टराई ,बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल,बागमती प्रदेसका प्रदेस सभा सदस्य मणिराम फुयाल र शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ विच चिसापानी-नगरकोट पदयात्रा मार्गको सुन्दर पर्यटकीय क्षेत्र जहरसिंह पौवामा उधान निर्माण निर्माण तथा पूर्वाधार विकासका योजनाहरुका वारेमा छलफल गरिएको छ।

दक्षिणमा  क्षेत्र बन क्षेत्र र उतार ,पश्चिम र पुर्व तिन क्षेत्रमा हिमाल देखिने जहरसिंह पौवा  काठमाडौं उपत्यकावासीहरुको रोजाइमा पर्ने बनभोज स्थल हो।

काठमाडौं क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य तथा  नेकपाका बरिस्ट नेता माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा गठन भएको काठमाडौं उपत्यका पार्क तथा उधान निर्माण स्थल अध्ययन समितिको प्रस्ताव अनुसार सो उधान निर्माण शुरु गरिएको बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बताएका छन।

सो क्षेत्रमा थप संरचना विस्तार तथा प्राकृतिक अध्ययन स्थलका रुपमा विकास गर्ने बताउदै मन्त्रि फुयालले काठमाडौं उपत्यकाका पर्वत शृंखलाहरुको प्रवर्धनका लागि बागमती प्रदेस सरकारले योजना बनाइरहेको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।