ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खुल्ने
कपन अनलाइन
ओखलढुंगा ,साउन ८।
ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खुल्ने भएको छ । १ नम्बर प्रदेश मन्त्री परिषद्को विहिबारको बैठकले ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले ओखलढुंगामा आसपासका क्षेत्रलाई समेत कार्यक्षेत्र कायम गरेर यातायात व्यवस्था सम्बन्धीका सबै काम गर्ने गरि कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबैकाम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना गर्न तत्काल प्रकृया अगाडी बढाएर सेवा सुरु गर्ने गरि निर्णय गरिएको छ ।यस अघि ओखलढुंगा र आसपासका जिल्लाका सेवाग्राहीले यातायात सम्बन्धीको काम गर्न सिरहाको लहान, काठमाडौं सहितका स्थानमा पुगेर सेवा लिदै आएका थिए ।
ओखलढुंगामामा साउन १ गते करदाता सेवा कार्यालय सुरु भएको छ।
तपाइँको प्रतिक्रिया ।